कैलाली कांग्रेसको समीक्षा बैठक पदाधीकारीहरुले नै गरे बहिष्कार
2022/07/03, 6:17
 
ss

नेपाली कांग्रेस कैलाली जिल्ला कार्य समितिको बैठक कार्य समितिकै तीन जना पदाधिकारीले बहिष्कार गरेका छन्।

आइतबार जिल्लाको घोडाघोडी नगरपालिका सुखडस्थित खानेपानीको सभाकक्षमा आयोजित बैठक कार्यसमितिका उपसभापति खेम चौधरी, सचिव नृपबहादुर सुनार र सहसचिव कलेसु चौधरी र सभापतिमा भट्टसँग पराजित भएका प्रकाश बमले बहिष्कार गरेका हुन्। 

आन्तरिक पार्टी सङ्गठनसँग सम्बन्धित विषयवस्तु र स्थानीय तह निर्वाचन २०७९ को समीक्षात्मक टिपोटका विषयमा छलफल गर्ने बैठकको कार्यसूची थियो। टिकट दिँदा सभापतिले छलफल नगरेको, एकलौटी गरेको आरोप लगाउदै निर्वाचनको समीक्षामा किन आवश्यक पर्‍यो भनेर बैठक बहिष्कार गरेको एक पदाधिकारीले बताए।