
कैलालीका नदीमा दुर्लभ डल्फिन देखिन थालेका छन्। नदीमा जलस्तर बढेपछि मोहना, पथरैया, कांडा लगायतका नदीमा डल्फिन देखिन थालेका हुन्।

यो वर्ष अहिले कम्तीमा ठुला र सानागरी ११ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। उनले नदीमा पानी बढेपछि मोहना र पथरैया नदीको दोभानमा ८ वटा वयस्क र तिन बच्चा डल्फिन देखिएको बताए।
नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ। मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन्।

गतवर्ष यहाँको नदीमा असार १ गतेबाट नै डल्फिन देखिन थालेका थिए। तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले असार १५ गतेदेखि कैलालीको नदीहरूमा डल्फिन देखिन थालेको हो।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08