धनगढी उपमहानगरको सभामा कुर्सी हानाहान
2022/07/04, 7:34
 
ss

धनगढी उपमहानगरको आठौँ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सभामा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।

उपमेयर रानाले गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरूपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका (रातो किताव) प्रकाशित गरेको भन्दै विरोध गरिन्।

‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन । मेयर साप एकलौटी गर्नुभएको छ । योजना तर्जुमा हामीलाई बाइपास गरिएको छ, रानाले भनिन्, ‘उहाँले गरेका हरेक राम्रा काममा हाम्रो साथ रहन्छ तर एकलौटी गर्न थालेकाले हामी यो नगरसभामा चलाउन सक्दैनौँ ।’

IMG-20220704-WA00021656928321.jpg

रानाले सरसल्लाह, छलफल र समन्वयका आधारमा मात्र धनगढीको विकास सम्भव भएको उल्लेख गरिन् । योजना तर्जुमाको संयोजक उपमेयर भएपनि योजना बनाउँदा सल्लाह नगरेको दाबी उनको छ । उनले मेयर हमालले धनगढीबाट बाहिर जादा समेत आफूलाई कुनै जानकारी दिन समेत आवश्यक नठान्ने गरेको भन्दै संवैधानिक व्यवस्थाहरू नकुल्चन आग्रह गरिन् ।

उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनिधिले कुर्ची उठाएर फालेका थिए । भने काँग्रेस पक्षले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ । विवाद भएपछि फेसबुकबाट गरिएको प्रत्यक्ष प्रसारण बन्द गरिएको छ