
भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सुचारु भएको छ । झुलाघाट पुल मर्मतका लागि आज बिहानदेखि बन्द भएको नाका सुचारु भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

पुल मर्मत कार्य सम्पन्न भएपछि झुलाघाट नाकामा आवतजावत शुरु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
करीब डेढ सय बर्ष पुरानो झोलुंगे पुल जीर्ण भएकाले भारत सरकारका तर्फबाट पुलको मर्मत कार्य गरिएको छ । पुल मर्मत गर्ने बिषयमा मंगलबार दुवै देशका सुरक्षा अधिकारीहरुले सहमति जनाएका थिए ।

झुलाघाट नाका नेपाल –भारत ओहोरदोहर गर्ने पुरानो नाका पनि हो । यो नाकामा मोटरेबल पुल नहुँदा समस्या रहेको छ ।