कैलालीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु
 
dd

कैलालीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका १ का धर्म खडकाका छोरा अनिश खड्का मृत्यु भएको हो। 

मध्यरातमा कोठामा सुतिरहेको बेला सर्पले कानमा टोकेको थियो। सर्पले टोकेपछि खड्कालाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। तर, टीकापुरमा उपचार सम्भव नभएपछि अस्पतालले नेपालगन्ज रेफर गरेको थियो।

नेपालगन्ज रेफर गरेका खड्काको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।