सुदूरपश्चिमका तीन जिल्लामा अवरुद्ध विद्युतीय राहदानी सेवा पुनः सञ्चालनमा
2022/07/08, 11:14

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनः सुरु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र मर्मतपछि पुनः सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो । हालसम्म करिब ४०० जनाले उक्त सेवा लिएका छन् । एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरू गरिएको थियो । यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12