बुढीगंगा नगरपालिकाको मतगणनाः ३९ सय ६२ मत गणना हुँदा एमाले ११ सय ५२ मतले अगाडि
2022/07/09, 2:00
 
ss

बाजुराको बूढीगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आएको छ ।  नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएको छ ।अहिले वडा नम्बर ३ र ८ को मतगणना भइरहेको छ।

अहिलेसम्म ३९ सय ६२ मतगणना सकिएको  छ। जसमा नेकपा एमालेले अग्रता बनाउदै लगेको छ ।  नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका  राम बहादुर बानियाँले २ हजार ४ सय ४३ मत पाएका छन् भने नेपाली काँग्रेसका रंग बहादुर खाती १ हजार २ सय ९१  मत पाएका छन् । एमालेका मेयर ११ सय ५२ मतले अगाडि छन् । 

यस्तै उप प्रमुखमा एमोकी  मायाँ कुमारी खड्का ९कुवँर०ले  २ हजार ४ सय १७ र नेपाली काँग्रेसकी  रिता शाहीले  १ हजार ३ सय १२ मत पाएको  निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए ।

वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगको निर्णय अनुसार बिहीबार बुढीगंगामा पुनः मतदान भएको हो। पुनः मतदान हुँदा नौ हजार ११७ मत खसेको छ।  बिहीबार अपराह्ननदेखि बूढीगंगा ५ को भानुदय माविमा जारी मतगणना आइतबारसम्म सकिने निर्वाचत अधिकृत कडायतले जानकारी दिए ।