
लगातारको वर्षापछि आएको बाढीले कैलालीस्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीमा पानीको सतहले खतराको तह पार गरेको हो ।
तीन मिटर खतराको संकेत रहेको मोहना नदीमा अहिले ७:३० बजे ३ दशमलव ०९ मिटर पानीको सतह पुगेपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार यहाँका कान्द्रा र मोहना नदिमा पानीको सतह बढ्दो क्रममा छ ।