बाजुराको बुढीगंगा नगरपालिकामा मेयर-उपमेयरमा एमाले उम्मेदवार विजयी
2022/07/10, 12:39
 
ss

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएको छन् । नगर प्रमुखमा राम बहादुर बानिया र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका छन् ।

उनले गठबन्धनका उम्मेदवारलाई हराउँदै नगर प्रमुख र उपप्रमुखमा विजयी भएका हुन । नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भएका छन् भने उप प्रमुख कुँवरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नगर प्रमुख रङ्ग बहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजित भएका छन् । काँग्रेसका उप प्रमुखकी उम्मेदवार रिता शाही ( शाह)ले ३ हजार ७ सय ५५ मत ल्याएर पराजित भएकी छन् ।

विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा काँग्रेस सँगै पराजय भएका थिए । काँग्रेसले दुवै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो, भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थिए ।

१० ओटा वडा रहेको बुढीगंगा नगरपालिकामा ७ ओटा वडामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन्, । नेपाली कांग्रेस ३ वडामा सीमित भएको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । वडा नम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस विजयी भएको छ । २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ ।

बुढीगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् ।

त्यस्तै ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । वडा न ५ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार चक्र बहादुर थापा वडा न ६ मा नेकपा एमालेका उम्मेदवार हेमराज जैशी विजयी भएका छन् । वडा नम्बर ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भुवन सिंह केसी विजयी भएका छन् । वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् ।

वडा नम्बर ९ मा गठबन्धनका उम्मेदवार भरत थापालाई हराउँदै नेकपा एमालेका उम्मेदवार मीन बहादुर सिंह विजयी भएका छन् । १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउँद विजयी भएका छन् । बुढीगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढीगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.७५ प्रतिशत अर्थात् ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले बताए ।  । वैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदान स्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदान स्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरी मतपेटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । तर काँग्रेसले कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो । बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो । निर्वाचन आयोगले नगरपालिकाको चुनाव स्थित गरेर पुन निर्वाचन गर्ने निर्णय गरेको थियो ।