सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई बजेट पास गराउन सकस: सांसद फकाउँदै, बैठक पुन: स्थगित
2022/07/12, 5:56
 
ss

सुदूरपश्चिम प्रदेश सभाको बैठक सांसदले बहिस्कार गर्न थालेपछि बजेट पारित गर्न सरकारलाई सकस परेको छ। सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि बजेट पारित गर्न सरकारलाई सकस परेको हो। प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि आज प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको थियो ।

आज बिहान सभामा गण पुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणा गरेका थिए। प्रदेशसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाएको भएपनि बस्न सकेन् । भोली बिहान ११ बजेसम्मका लागी बैठक स्थगित गरिएको छ। जस कारण सत्तारुढ दलकै सांसदले बजेटको विरोध गर्नेदेखि प्रदेशसभा बैठक बहिस्कार गर्न थालेपछि बजेट पारित गर्न सरकारलाई सकस परेको हो। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट बजेट पास गराउन आफैँ सक्रिय भएका छन् । असार मसान्तमा बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ।

तर, सुदूरपश्चिममा भने अहिलेसम्म बजेटमाथिको छलफलसमेत सुरु हुन सकेको छैन । सरकारलाई सकस परेपछि मुख्यमन्त्री भट्ट आफैँ बजेट पास गराउन भूमिका खेल्न थालेको बताइएको छ। मुख्यमन्त्री भट्टले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असन्तुष्ट सत्तापक्षका सांसदलाई बोलाएर छलफल गरेका थिए ।स्रोतका अनुसार मुख्यमन्त्री भट्टले बजेटको निरन्तर विरोधमा उत्रिएका सांसदलाई फकाउँदै बजेट पारित गर्न सहयोगको आग्रह गरेका छन् ।

यसअघि उनले आफू सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक नै बोलाएर आफ्ना सांसदलाई बजेटको पक्षमा उभिन निर्देशनसमेत दिएका थिए । यहाँ सत्ता पक्षसहित प्रतिपक्षी दलका सांसद सरकारको बजेटप्रति सन्तुष्ट छैनन् । सरकारमा सहभागी एकीकृत समाजवादी र नेपाली कांग्रेसको संसदीय दलले अहिलेसम्म ठोस निर्णय गर्न सकेका छैनन्। उनीहरू संशोधन नहुँदासम्म यथास्थितिमा बजेट पास गर्न नदिने अडान कायम राखेका छन् । बहालवाला मन्त्री र मन्त्रीको आश्वासन पाएकाहरूबाहेक अन्य बजेटमा विरोधमा छन्। प्रदेशको सबैभन्दा ठूलो पार्टी एकीकृत समाजवादीसमेत एक हुन सकेको छैन्।