
कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नं ९ शंकरपुरमा मंगलबार राती साढे नौ बजेतिर सु.प.प्र.०१-००९ प.७८९१ र से.७ प.११४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा से.७ प.११४७ नम्बरको मोटरसाइकलका चालक राम अवतार कठरियाको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

सोहि मोटरसाइकलमा सवार कैलारी ८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको र अर्का घाइते रोशन कठरियाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
दुर्घटनामा सु.प.प्र.०१-००९ प.७८९१ नम्बर मोटरसाइकल चालक गौरीगङ्गा ९ शंकरपुरका २७ वर्षीय रमेश चौधरी घाइते भएका छन् । चौधरीको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12