सराेज अधिकारीले गरे प्रेस युनियनकाे केन्द्रीय अध्यक्षमा उमेदवारी घाेषणा
2022/07/13, 1:57
 
ss

नेपाल प्रेस युनियनकाे आसन्न महाधिवेशनमा सराेज अधिकारीले केन्द्रीय अध्यक्षमा उमेदवारी घाेषणा गरेका छन् । वर्तमान कार्यसमितिका काेषाध्यक्ष अधिकारिले आज विभिन्न बिटमा काम गरिरहेका पत्रकारहरूसँगकाे छलफलकाे क्रममा उमेदवारी घाेषणा गरेका हुन् ।

यसअघि कांग्रेस बिटमा काम गरिरहेका क्रियाशिल पत्रकार, सम्पादक, जिल्ला अध्यक्ष र पार्षदहरूसँग राय लिइसकेका अधिकारीले उमेदवारी घाेषणा गरेका हुन् । `म आज प्रेस युनियनकाे केन्द्रीय अध्यक्षमा उमेदवारी घाेषणा गर्न चाहन्छु, ´ अधिकारिले भने ,`अब म अध्यक्षकाे उमेदवारीबाट पछि हट्ने छैन ।´

उनले आफू सँधै श्रमजीवी पत्रकारकाे साथमा रहेकाे बताउँदै श्रमजीवी पत्रकारकाे पक्षमा कसैसँग सम्झाैता नगर्ने, पत्रकारकाे हकहित र पेशागत सुरक्षा र पत्रकारकाे क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिवद्दत पनि जनाए । संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज ( सेजन),  खेलकुद पत्रकार मञ्च, फाेटाे पत्रकार क्लव, चलचित्र पत्रकार संघ, नेपाल सहकारी पत्रकार समाज, स्वास्थ्य पत्रकार लगायतका शुभेच्छुक पत्रकारहरूकाे सहभागिता थियाे