सुदूरपश्चिम प्रदेशकै रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा मिर्गौला फेल भएका बिरामीको निम्ति डायलासिस गर्नु पूर्वको सर्जरी एभी फिस्टुला बनाउने सर्जरी सेवा सुरु भएको छ।
डायलासिस सेवा सुरु गरेको करिब ५ वर्ष भएपनि डायलासिस गर्नु पूर्व अनिवार्य रुपमा गर्नु पर्ने सर्जरीका निम्ति बिरामीहरु काठमाडौं र भारतका विभिन्न ठाउमा जानू पर्ने बाध्यता रहि आएको थियो।
सेती प्रादेशीक अस्पतालमा छात्रवृत्ति करारमा सर्जरी विभागमा आएका डा विकाश मण्डलले उक्त सेवा सुरु गरेका छन्। उनले अस्पताल प्रशासनसँग यसका निम्ति आवश्यक सामग्री उपलब्ध गराउन माग गरेका थिए। अस्पतालमा उक्त अपरेसनको सामग्री आएपछि हाल सम्म ५ जना बिरामिको सफल अपरेसन भएर नियमित डाइलासिस गराइरहेका छन।
सेवा सूरु भएपछि मिर्गौला फेल भएका बिरामीले डायलासिस गराउन पुर्व गर्नुपर्ने उक्त अपरेसनका निम्ति काठमाडौं र भारतका विभिन्न ठाउँ जानुपर्ने बाध्यता हटेको भएको डा. विकाश मण्डलले बताए।