सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्ष दलद्धारा अवरुद्ध , १२ गतेसम्मका लागि बैठक स्थगित
2020/06/24, 8:37
 
sarkar

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्ष दलले वुधवार भएको प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभाको वैठक अवरुद्ध पारिएको छ ।

बैठकमा दबाव दिनको लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले बैठक अबरुद्ध गरेको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता डिल्ली पन्तले जानकारी दिए । सरकारले कोरोना नियन्त्रण तथा पिसिआर चेकजाँच गर्न नसकेपछि जनता निरास भएको भन्दै सरकारलाई दबाव दिन वैठक अवरुद्ध भएको हो ।

पिसिआर जाँच विना घर पठाईदा समुदायमा जोखिम वढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलको नेता डाक्टर रणवहादु रावलले बताए । उनले २०७५ सालदेखिको बजेटमा एकलौटी रुपमा आएको र त्यसमा समानुपातिक बजेट नआएकोले यो नसच्चिदासम्म संसद अवरुद्ध जारी रहने बताए । उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ।