
धनगढी उपमहानगरपालिकामा टावर लाइटमा राखिएको नेपालको झण्डा च्यातिएपछि पनि नफेरिएकोमा आलोचना बढेको छ ।

गत वर्ष फागुन ९ गते मुख्य चोकमा निर्माण गरिएको टावर लाइटमा झण्डा राखिएको थियो । तर, च्यातिएको त्यो झण्डा फेर्न चासो देखाइएको छैन ।
२ लाख ७५ हजारको बजेटमा तयारी गरिएको टावर लाइटको प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए ।

‘धनगढी उपमहानगरपालिकाको नेतृत्व त फेरियो तर क्याम्पस चोकको यो सानको रूपमा रहेको राष्ट्रिय झण्डा फेर्न फेरि नेतृत्व नै फेर्नु पर्ने त होइन होला’ एमाले कैलाली सचिव डेजी पाण्डेले च्यातिएको झण्डाको फोटो र भिडिओ राखेर फेसबुकमा लेखेका छन् ।
उनले उपप्रमुख कन्दकला रानालाई फोनमा झण्डा परिवर्तन गर्न आग्रह गरेको समेत जानकारी दिएका छन् ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12