सुदूरपश्चिममा गत आर्थिक वर्षमा १० अर्ब बढी बजेट फ्रिज
2022/07/19, 6:07
 
ss

गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट फ्रिज भएको छ । कुल विनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रूपैयाँ मध्ये ६६ दशमलव ६१ प्रतिशत अर्थात २० अर्ब ९६ करोड ६१ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

प्रदेश पूँजीगततर्फ विनियोजन गरेको कुल १८ अर्ब ९० करोड २० लाख रुपैयाँमा ११ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ । चालूतर्फ कुल १२ अर्ब ५७ करोड ३५ लाख बजेट विनियोजन गरेको सरकारले ९ अर्ब १६ करोड ४३ लाख रुपैयाँ खर्च गर्दै ७१।७१ प्रतिशत खर्च गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७र ७८ मा कोरोना महामारीका कारण अपेक्षाकृत रूपमा खर्च गर्न नसकेको दावी गरेको प्रदेश सरकारले महामारी नियन्त्रण भएको वर्षमा त्यो भन्दा पनि कम प्रगति गरेको छ ।  पूँजीगत तर्फ अघिल्लो आर्थिक वर्षमा ६७ प्रतिशत बजेट खर्चिएको प्रदेश सरकारले अहिले भने ६३ प्रतिशत मात्र खर्च गरेको जनाइएको छ ।