धनगढी पुगेर रविले भने-घण्टीवाहक उम्मेदवार तपाईँको क्षेत्रलाई उपयुक्त व्यक्ति हो भने मात्रै मत हाल्नु होला
2022/07/30, 6:08
 
ss

राष्ट्रिय स्वतन्त्र पार्टी ९आरएसपी०का सभापति रवि लामिछानेले घण्टी वाहक उम्मेदवार आफ्नो क्षेत्रको लागी उपयुक्त व्यक्ति भए मात्र मतदान गर्न आग्रह गरेका छन् । उनले शनिवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै घण्टी चुनाव चिन्ह ल्याएर गलत मान्छे उठे भने पनि त्यसलाई समेत साथ नदिन आग्रह गरेका हुन् । 

प्रदेश भेलालाई सम्बोधन गर्दै  आफूहरूले प्रदेश भेलाबाट सुदूरपश्चिम प्रदेशका लागी कुशल नेतृत्व खोजेको बताउँदै कसैलाई न छुट्न आग्रह गरे । उनले भने, हामी प्रदेश भेलामा आएका छौँ । कुशल नेतृत्व को अपेक्षा गरेका छौँ । कोही न छुट्नु होला । त्यो भन्दा पनि महत्त्व पूर्ण कुरा आउँदो चुनावमा यो हलमा उभिएका हरेक व्यक्तिले हरेक दश जनालाई चुनाव चिन्ह घण्टीमा मतदान गर्न आग्रह गरिदिनु होला तपाई अपेक्षा हामी पुरा गर्ने छौँ ।

यस्तै, रविले थप्दै भने, -घण्टी चुनाव चिन्ह बोकेर कोही पनि मान्छे आयो तर उसको क्षमता छैन भने त्यो बाध्यता हाम्रो पार्टीले तपाईँको टाउकोमा लाद्दैन । कि घण्टी चुनाव चिन्ह बोकेर आयो त्यस कारणले भोट हाल्नुहोला । घण्टी वाहक उम्मेदवार यदि सच्चा ईमान्दार र तपाईँको क्षेत्रले खोजेको मान्छे हो भने मात्र भोट दिनु होला । नत्र घण्टीको दुरुपयोग हाम्रा उम्मेदवार लाई पनि गर्न नदिनुहोला ।

अब अन्ध भक्त भएर भोट हाल्न नहुने र आँखा र   दिमाग दुइटै खोलेर सक्षमताका आधारमा भोट हाल्न रविले आग्रह गरेका छन् ।