३ बर्षीय छोराको हत्या गरेको आरोपमा बैतडीका एक जना पक्राउ
2022/08/09, 12:44
 
ss

३ वर्षीय बालकको हत्या गरेको आरोपमा बैतडीका एक जना पक्राउ परेका छन् । बैतडी घर भएर बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ मा डेरा गरी बस्ने डम्बरबहादुर बोहरालाई आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएके छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नावय उपरीक्षक सूर्यप्रकाश सुवेदीले बोहरा साउन १६ गते घरबाट ३ बर्षीय छोरालाई सँगै लिएर आएका बोहराले छोराको हत्या गरेको बताए । आफन्तले नाबालकको खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा बोहरा सोमबार बाँकेको कोहलपुरबाट पक्राउ परे ।

बोहरा पक्राउ परेपछि मात्र नाबालकको शव पनि फेला परेको प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिए । सोधपुछ गर्ने क्रममा बोहराले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरी नायव निरीक्षक सुवेदीले बताए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।