बझाङमा एकै परिवारका तीन जनाको मृत्यु–प्रहरीले थाल्यो अनुसन्धान
2022/08/10, 6:30
 
ss

बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ। घटनास्थलमा रहेको ईलाका प्रहरी कार्यालय बुंगलको टोलीले घटनाका बारेमा सोधपुछ गरिरहेको छ।

बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीय छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएका थिए।घटनाको बारेमा मृतक गीताका श्रीमानमाथि सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

मृतक गीताका श्रीमान हिजो ९मंगलबार० मात्रै भारतबाट घर पुगेको अनुसन्धानबाट खुलेको छ। ‘मृतकका श्रीमान हाम्रो निगरानीमै छन्, उनीमाथि घटनाका बारेमा सोधपुछ गरिरहेका छौँ’ प्रहरी निरीक्षक अवस्थीले भने, ‘प्रहरीको सम्पर्कमै छन्,  भागेका छैनन।’

भौगोलिक विकटताले बिहान सदरमुकाम चैनपुरबाट घटनास्थलतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालयको टोली अझै त्यहाँ पुग्न सकेको छैन। बझाङ प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थी नेतृत्वको टोली घटनास्थलतर्फ गएको हो।