धनगढी उप–महानगरपालिको नीति कार्यक्रम तथा बजेट पारित (बजेटको पुर्ण पाठ सहित) 
2020/06/24, 8:05
 
bughet

धनगढी उपमहानगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेट बुधवार बसेको पाँचौं नगर सभाले पारित गरेको छ । उप–महानगरले आर्थिक बर्ष २०७७÷०७८ का लागि १ अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट नगर सभामा पेश गरेको थियो ।

धनगढी स्थित ओम प्यालेसमा आयोजित पाँचौं नगर सभामा उप–महानगरपालिकाकी उपप्रमुख शुसिला मिश्र भट्टले उपमहानगरको आगामी बर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ८५ करोड र पूँजीगत खर्च तर्फ ७८ करोड ८२ लाख रहेको छ ।

बजेटमा आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, वित्तिय समानीकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ । नगरसभामा १ अर्व ४८ करोड ४ लाख ४८ हजारको बजेट पेश गरेकी हुन । जसमध्य चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ रुपियाँ ३८ पैशा रहेको छ । पुँजीगत तर्फ ८१ करोड, ६८ लाख ५ हजार ८ सय ३३ रुपैयाँ ६२ पैसा रहेको छ ।

नगर सभामा पेश भएको बजेट नीति तथा कार्यक्रम माथी नगरसभा सदस्यहरुले छलफल गरेका थिए । नगरसभाका सदस्यहरुले नीति, कार्यक्रम तथा बजेटका बारेमा राखेका जिज्ञासाहरुको नगर प्रमुख नृपबहादुर वडले जवाफ दिएका थिए । नगर प्रमुख वडले नीति, कार्यक्रम र बजेट माथी निकै राम्रो छलफल भएको बताए । उनले भने, आएका सुझावहरुलाई अंगिकार गरिने बताए । नगरसभा सदस्यहरुलाई लेखेरपनि सुझाव दिन भनेका छौं, नगर प्रमुख वडले भने, आएका सुझावहरुलाई समेट्ने छौं ।
 

धनगढीको बजेटको पुर्ण पाठ

dhn-nagarsava-2077.pdf