
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी बनेको आरोप लगाएका छन् । विभिन्न दल परित्याग गरेकालाई सोमवार एमालेमा प्रवेश गराउन आयोजित कार्यक्रमलाई बुधवार पार्टी कार्यालय ललितपुरमा सम्बोधन गर्दै ओलीले माओवादीले पार्टीको स्वरुप लिन नसकेको टिप्पणी गरेका हुन् ।

‘माओवादी कुनै पार्टी हो र ? प्रचण्ड एण्ड कम्पनी हो, माओवादीले पार्टीको रुप लिएको छैन,’ ओलीले भने । उनले माओवादीको सम्बन्धमा केही टिप्पणी नभएको बताए । ‘जाँड खाएर मरेकाको शालीक बनेको छ, जनयुद्ध लडेका कसैको बनेको छ ? अरुका छोराछोरीको बनेको छ ?’ ओलीले भने ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/16, 9:52
2022/02/10, 3:32
2023/02/24, 1:09