आरजुका लागि पुष्करनाथ ओझा तगारो, यस्तो छ ओझाको चुनावी रणनिति
2022/08/17, 5:31
 
ss

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएसंगै हेवी वेट नेताहरुका क्षेत्र निकै चासोका रुपमा हेरिएका छन् । प्रधानमन्त्री पत्नी तथा नेपाली काग्रेंसकी नेतृ आरजु राणा देउवा २०७४ सालमा निर्वाचन लडेको क्षेत्र हो कैलाली क्षेत्र नम्बर ५ अर्थात प्रदेशको अस्थाई राजधानी धनगढी । यस पटक पनि आरजु नै कैलाली क्षेत्र नम्बर ५ को उमेदवार बन्ने लगभग निश्चित बनेको छ ।

गठबन्धनमा पनि उनि हेवी वेट नेताका रुपमा रहेका कारण उनले दावी गर्दा स्वभाविक टिकट पाउने छिन् । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट उमेदवार बनेका उमाले नेता नारदमुनी रानासंग पराजित भएकी आरजु यस पटकपनि उनै रानासंगकै प्रतिस्प्रधामा हुने अनुमान गरिएको छ । राना २७ हजार २०२ मत ल्याएर विजयी भएका थिए भने, आरजुले २२ हजार ३२२ मत प्राप्त गरेकी थिइन् । आरजु रानासंग ४ हजार ८८० मतले पराजित भएकी थिइन् । 

२०७४ सालको निर्वाचनमा आरजुलाई पराजित गर्न रोल खेलेको आरोपमा काग्रेंसबाट कार्वाही समेत भएका पुस्करनाथ ओझा यस पटक के गर्लान भन्ने चासोको बिषय बनेको छ । ओझाले सहयोग नगरे आरजु पराजित हुने हुनकी भन्ने बजारमा चर्चा छ ।  २०७४ को निर्वाचनमा मौन बसेका ओझाकै कारण आरजु पराजित भएको आरोप लाग्दै कार्वाहीमा परेका ओझा यस पटक स्वतन्त्र उमेदवार बन्ने चर्चा छ । निकट श्रोतका अनुसार उनले स्वतन्त्र उमेदवारी दिने तयारी समेत गरिसकेका छन् । यो क्षेत्रमा काग्रेंसको राम्रो पकड छ ।

धनगढी उप महानगरपालिकाका सबै वडा र कैलारी गाउँपालिकाका २ वडा रहेको यस क्षेत्रमा स्थानिय तह निर्वाचनमा काग्रेंसले १३ वटा वडा जितेको छ । माओवादीले २ र एमालेले ६ वडा जितेको छ । देउवा बाहेक कसैका लागी नछोड्ने दावी गरेका पुस्कर नाथ ओझा काग्रेंसका बलियो नेताका रुपमा चिनिन्छन् । उनि यस पटक स्वतन्त्र रुपमा निर्वाचन लड्दा आरजुलाई क्षती हुन्छकी भन्ने आकंलन गरिएको छ ।

अहिले उनकै दल एमाले विभाजित भइसकेको छ भने माओवादी, काँग्रेस, नेकपा एकीकृत समाजवादी, जसपासहितको गठबन्धनबाट आरजु उम्मेदवार बन्दा तुलनात्मक रूपमा बलियो देखिन्छिन् । तर एमालेका रानाले राष्ट्र राष्ट्रियता, स्वाधीनताका निम्ति निडर भएर लागेको पार्टीबाट आफूले उम्मेदवारी पाए फेरि पनि विजय हासिल गर्ने दाबी गरेका छन् ।