
धनगढी – डेउडा प्रतिष्ठान भारत शाखा बेङ्लोरको तदर्थ समिति अध्यक्षमा डेउडा गायक यज्ञराज भट्ट सर्वसम्मत चयन हुनु भएको छ ।

भारतको बेङ्लोरमा डेउडा गायक वीरेन्द्र साउँदको संयोजकत्वमा भएको कलाकारहरूको भेलाले तदर्थ समिति उपाध्यक्षमा भक्तबहादुर साउँद चमत्कार, सचिवमा वीरेन्द्र साउँद, कोषाध्यक्ष करन बि.क., सह–सचिवमा एलिजा शाही सर्वसम्मत रूपमा चयन हुनु भएको छ । त्यस्तै सदस्यमा प्रेम मायालु बि.क., मधु भट्ट, आशा बि.क. र भुवन नेपाली चयन हुनु भएको छ ।
डेउडा प्रतिष्ठानको भारतमा गठन भएको यो पहिलो शाखा रहेको भेला आयोजक समिति संयोजक वीरेन्द्र साउँदले बताउनु भयो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05