‘प्रधानमन्त्रीले आफ्नो उत्तराधिकारी घोषणा गरेको सुनियो’
2020/05/12, 3:04
 
badu

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी ओली चालु अधिवेशनमा सुरुदेखि नै अनुपस्थित रहेको भन्दै कारण माग गरेका छन् । प्रतिनिधि सभा बैठको शून्य समयमा बोल्दै बडूले यस्तो माग गरेका हुन् ।

त्यस्तै, उनले मिडिया मार्फत् प्रधानमन्त्री ओलीले उत्तराधिकारीका रुपमा भावी प्रधानमन्त्री घोषणा गरेको सुनेको भन्दै कुन संविधानको व्यवस्था अनुसार त्यसो गरेको भन्दै प्रश्न पनि गरे । “प्रधानमन्त्री जी चालु अधिवेशनको सुरु दिनदेखि नै संसदमा देखिनु भएको छैन ।

मिडियाहरुबाट जानकारी भए अनुसार उहाँले आफ्नो उत्तराधिकारीका रुपमा भावी प्रधानमन्त्री घोषणा गरेको पनि सुनियो । आफ्नो उत्तराधिकारी आफैले तोक्नुपर्ने यो कुन संविधानको बन्दोबस्त हो ? वर्तमान संविधानमा देखिएन ।” उनले के कारणले प्रधानमन्त्री अनुपस्थित भएको हो संसदलाई जानकारी गराउन माग गरे ।