बाजुराको मार्तडी र कोल्टीमा १० जना बन्दकर्ता पक्राउ
2022/08/23, 2:00
 
बाजुराको मार्तडी र कोल्टीमा १० जना बन्दकर्ता पक्राउ

बाजुरा - बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका १० जना पक्राउ परेका छन । बन्दको आह्वन गर्दै हिडेका नेपाल कम्युनिस्ट पार्टी बाजुराका ३ जना सदरमुकाम मार्तडीबाट र ७ जना कोल्टी बजारबाट प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउदै हिडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली लगायत ३ जना सदरमुकाम मार्तडी बाट प्रकाउ परेका छन।

भने अन्य ७ जना कोल्टि बजारबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपिरक्षक सुर्य थापाले बताएका छन । जगन्नाथ गाउँपालिका पिलुचौरबाट प्रकाउ पर्नेमा नविन विक,विर्सिङ विक,सिरसिर शाही ठकुरी,संगित चदारा, बिकास कडारा र प्रकाश चदारालगायतका छन्। बाजुरामा आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछी सुरक्षामा कडाई गरिएको छ । लामो दुरीको सवारी सधान चलेका छैनन छाटो दुरीको सवारी साधान छिटपुट रुपमा चलिरहेको प्रहरीले जनाएको छ ।नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले हिजो बेलुका जिल्लाको जगन्नाथ गाउँपालिको पिलुचौमा राँके जुलुस सहित सरकारको विरोध गरेको थियो।