स्वर्गीय नेता चोखालका सन्ततिलाई अब किन अवसर नदिने ?
2022/08/25, 2:47
 
tek chokhal

स्वर्गीय नेता टेक बहादुर चोखाल नेपाली राजनितिका मेरुदण्ड हुनुहुन्थ्यो । बिलाशिताको राजनीती गर्नु हुदैन भन्ने सिद्धान्तवादी उहाँको २०६६ साल कार्तिक २७ गतेका दिन स्वर्गारोहण भयो । उहाँको स्वर्गारोहण पश्चात उहाँको सन्ततिलाई उहाँकै क्षेत्रलाई थप उजागर गर्ने अवसर दिने निधो भयो तर उहाँका सन्तति त्यति बेला आफुहरु सक्षम भए पश्चात मात्रै आफ्नो बुबाको उक्त लगनशीलतालाई निरन्तरता दिने निधो गरे र सो प्रस्ताव अस्वीकार गरे ।

1

पछिल्लो परिवेशमा उहाँको सन्तति आफु सक्षम भएको र अब अवसर प्रदान गरे आफू अडिग भएर बुबाले जसरी निस्वार्थको राजनिति गरेर अघि बढ्ने प्रतिज्ञा गर्दा यसक्षेत्रका बुद्धिजीवी व्यक्तित्वहरुबाट शिक्षित एवम् राजनीतिक धरातल बुझेको व्यक्तित्व आउनु स्वागत योग्य छ पनि भनेको सुनिन्छ । उहाँहरुको सो सु–विचारले अझै पनि स्वर्गीय टेकबहादुर चोखाल एक कर्म निष्ठावान राजनितिज्ञ मात्रै नभएर कुशल अभिभावक पनि हुनुहुँदो रहेछ भन्ने भान हुन्छ ।

4

चोखाल परिवारले आफ्नो पुरानो अस्तित्वलाई अरु राजनितिज्ञको तुलनामा कहिले प्रचारबाजी नगरेता पनि स्वर्गीय टेकबहादुर चोखालको योगदानबारे स्मरण गरेर चोखाल परिवारसँगको अन्तरसम्बन्ध राख्न आदर्शवादी व्यक्तित्वहरुको कहिले कमि भएन ।  वि.स. २०४८ र वि.स. २०५६ को प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गर्नु भयो । २०५१ र २०६४ को निर्वाचनमा भने हार बेहोर्नु पर्दा समेत आफू निस्वार्थ जनसेवामा सदैब अहोरात्र तल्लिन हुँदै आउनुभयो । 

3

सक्षम नेतृत्वदायी उमेदवारले आफू उमेदवार बन्न योग्य भएको र आफुलाई पार्टीबाट सहयोगको अपेक्षा रहेको जिकिर गर्दा आसेपासेका लहलैमा असक्षम उमेदवार खडा गर्ने र अन्तिममा पार्टीको अस्तित्वमाथि नै आँच आउने दृष्टिकोण देखापर्दा मात्रै पार्टीलाई निकास कसरी दिन सकिन्छ भनेर सक्षम नेतृत्व तुल्लिएका व्यक्तित्वहरुसँग संवाद मात्रै गर्ने प्रवृत्ति मौलाएकै कारण आज पार्टीको अस्तित्व नै धरातलमा पर्छ कि भनेर डगमगाउनु पर्ने बेला आएको छ । 

3

यस क्षेत्रका मुख्य समस्याहरु र त्यसलाई निवारण कसरी गर्ने भन्ने विकल्पको खोजिनिति नगरि हचुवा प्रवृतिमा काम कारबाही अघि बढाउन अग्रसर हुन खोज्ने हो भने भावी राजनितिक परिवेशमा जटिल बाधा अड्चनहरु  सृजना नहोलान भन्न सकिन्न । नेपा ली काग्रेेंसको जगदेखि छतसम्मका बालुवाका कणहरुलाई केलाएर सिमेन्टको मिश्रण गरेर एक ढिक्का बनाएर ढलान नगरिने हो भने घर मजबुत हुने कुरामा विश्वस्त नभएकै राम्रो ।