कैलाली १ मा रामजनम र रञ्जिताको भिडन्त, मत सर्वेक्षणमा गठबन्धन अगाडी
2022/08/27, 2:05
 
ss

धनगढी-  कैलाली क्षेत्र नम्बर १ मा नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रामजनम चौधरी चिर्वाचन लड्ने तयारीमा छन् । नागरिक उन्मुक्ती पार्टीबाट अध्यक्ष तथा रेशम चौधरीकी पत्नी रञ्जिता श्रेस्ठले उमेदवारी घोषणा गरिसकेकी छिन् । गठबन्धनबाट रामजनम चुनाव लडे रञ्जिता र रामजनमबिच प्रतिस्प्रधा हुने देखिएको छ ।

२०४८ सालपछि अनवरत संसद् भवन भित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन् रामजनम चौधरी । उनले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचन जिते । २०६४ सालमा भने उनी विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक तर्फबाट सभासद् चुनिएका थिए ।  २०७० सालमा दोस्रो संविधानसभाको चुनावमा उनी कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित भए ।

उनी २०७४ को निर्वाचनमा भने पहिलो पटक पराजित भए । कैलाली क्षेत्र नम्बर ३ बाट माओवादीका गौरीशंकर चौधरीसँग ४ हजार ३८५ मतले पराजित भएका उनी २० हजार ४९४ मतमा सीमित भए । ०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीले ३४ हजार ३४१ मत ल्याएर जित हासिल गरेका थिए ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनका कारण चुनाव हारेको बताउने रामजनम कैलाली क्षेत्र नं १ मा उम्मेदवार बन्ने दाबी गर्दछन् । रेशम चौधरीकै दलको गढ मानिएको क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका उनी स्थानीय तह निर्वाचनमा मतदातालाई ‘इमोस्नल ब्ल्याकमेलिङ’ गरेर रेशमको दलले चुनाव जितेको आरोप लगाए ।

उनले भने, ‘जनतामाझ इमोस्नल ब्ल्याकमेल गरिएको छ । रेशमलाई रिहा गराउने भनेर भोट मागिएको छ । त्यसलाई नै चिरफार गरेर चुनावमा जान्छु ।’ उनले टीकापुर घटनाका बन्दीलाई रिहा गराउन केही कानुनी अड्चन रहेको भन्दै तिनलाई संशोधन गर्न पहल भइरहेको बताउँछन् ।