
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाइ गर्न निर्देशन दिएका छन् । मन्त्री परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनको पालना नभएको भन्दै गुनासो गरेका थिए ।

“कोरोना सङ्क्रमण न्यूनीकरणका लागि लकडाउन नै विकल्प हो । यसलाई पालना गर्नु सबैको कर्तव्य पनि हो,” प्रधानमन्त्रीले बैठकमा भनेको कुरा एक मन्त्रीले उद्धृत गरे । मन्त्रीका अनुसार लकडाउनमा कडाइ गरिनेछ । मन्त्री परिषद् बैठक चलिरहँदा हालसम्मकै बढी ५७ जना सङ्क्रमित थपिएको सूचना पुगेको थियो ।
त्यसपछि प्रधानमन्त्रीले लकडाउन पालन नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09