नेपाल आइडल रवि ओड लकडाउनमा आफ्नै गाउँको रोपाईमा व्यस्त (भिडियो सहित)
2020/06/25, 12:16
 
ravi wod

नेपाल आइडल रवि ओड लकडाउनमा आफ्नै गाउँको रोपाईमा व्यस्त रहेका छन् । अहिले धेरै मानिसहरुको दैनिक फेरिएका वेला रवि ओड कता होला के गर्दै होलान भन्ने धेरैलाई लागिरहेको होला । उनी अहिले आफ्नै गाउँ कञ्चनपुरमा रमाइरहेका छन् ।

b

अहिले असारको महिनामा त उनी अझै ब्यस्त छन् कार्यक्रममा होईन, गाउँघरमा हुने रोपाईमा । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ घर भएका उनी अहिले आफ्नो घरको रोपाई सकेर अन्यको पणिमा तिर्नमा लागिरहेका छन् ।

b

नेपाल आईडल भए पश्चात २÷३ बर्ष बाहिरतिर नै ब्यस्त हँदा गाउँघरमा राम्ररी बस्न नपाएका रवि अहिले भने लकडाउनको मौकामा रमाईलोका साथ गाउँघरमा आफ्ना आफन्त र छिमेकीहरुको रोपाईमा लागिरहेका छन् ।

1

म नेपाल आईडल भएपछि २÷३ बर्ष घर भन्दा बाहिर तिर कार्यक्रमहरुमा बढी बिजी भए रोपाईहरुमा घरमा हुन्थ्येन अहिले भने योलकडाउनको मौका पारेर घरमा मजाले रोपाई गर्दै रमाईलो गर्दै बसिरहेको छु । उनले भने ’अहिले अरुको पणिमा तिर्नमा ब्यस्त छु ।’ उनले आफुले रोपाई गरिरहेको एउटा वृत्तचित्र समेत तयार पारेका छन् । 

1