डोटीमा गठबन्धनभित्र सकसः को पाउलान् टिकट ?
2022/08/29, 5:58
 
ss

डोटी- मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन घोषणापछि सुदुरपश्चिमका जिल्लामा दलहरु चुनावी तयारीमा लागेका छन्। चुनावको तयारीका लागी दलहरु गठबन्धन गरेर या एक्लाएक्लै के कसरी जाने वा कस्तो रणनिती बनाउने योजना बनाइरहेका छन्। चुनावका लागि सिट बाडफाँड र टिकट वितरणको बहस पनी चर्चा हुन थालीएको छ।

यतीबेला सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला सत्तारुढ गठबन्धन, नेकपा एमाले लगायतका दलहरु चुनावका लागि भागवण्डा र टिकट वितरणको बारेमा बहस हुन थालेको छ । त्यसकारण पनी सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा सिट बाडफाँड र टिकटका लागी सबैभन्दा पेचिलो बन्ने भएको छ। डोटीमा कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले र यस्तै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री तथा नेकपा माओवादीका नेता त्रिलोचन भट्टको दाबी छ।

अहिले उनीहरुले सिट बाडफाँड र टिकटका लागी दाबी गरिरहेका छन् । ०७४ मा आफूले जितेको भन्दै आलेले गठबन्धनको साझा उम्मेदवार बन्न पाउनुपर्ने अड्डी कसेका छन् भने बलायर जनाधारका आधारमा कांग्रेसले सिट पाउनुपर्ने तर्क गर्छन् । मुख्यमन्त्री भट्ट पनि माओवादीबाट बलिया दावेदारको रुपमा प्रस्तुत भएकाले टिकट पाउनुपर्ने बताउँछन् । यता आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागी एकीकृत समाजवादी पार्टीले आलेलाई उम्मेदवार बनाउने भनेर सिफारिस समेत उमेदवार सिफारीस गरेको छ।

यस्तो अवस्थामा डोटी जिल्ला सिट बाडफाँड र टिकटका लागी सबैभन्दा पेचिलो बन्ने भएको हो । यता डोटीमा आलेले नै टिकट पाउने प्रबल सम्भावना बढेको गठबन्धन दलका एक नेताले बताए । उनले भने, डोटीमा कांग्रेसले टिकट पाउने सम्भावना न्यून रहेकाले कांग्रेस बलियो भए पनि गठबन्धनको सिट मिलाउँदा समाजवादीलाई दिनुपर्ने सम्भावना रहेको छ। माओवादीको पनि सम्भावना कम रहेको र आले उम्मेदवार बन्ने भएपछि कांग्रेसका बलायरले प्रदेशमा लड्नुपर्ने बाध्यता आउन सक्ने उनको भनाई छ । तर डोटीमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले भने गठबन्धन गर्न आवश्यक नरहेको बताइसकेका छन् । यदी गठबन्धन गरे मत होल्ड गर्ने चेतावनी दिएका छन् । डोटीमा ९० प्रतिशत मत कांग्रेससँग रहेको दाबी गर्दै उनीहरूले जिल्लामा एक्लै चुनाव लड्न नेताहरु सुझाब दिएका छन् ।