समाजवादी कञ्चनपुरमा पहिरो, यी हेविवेट नेता फर्किए पुरानै पार्टीमा 
तीन सांसदले छोडे समाजवादी 
2022/08/31, 4:02
 
Oli Kanchanpur

धनगढी – नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अधिकांश नेताहरू नेकपा एमालेमै फर्किएका छन् ।  बुधवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको एमाले कञ्चनपुरको पार्टी प्रवेश कार्यक्रममा एमाले छोडेर समाजवादी रोजेका नेताहरू फेरी पुरानै पार्टीमा फर्किएका हुन् ।  एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा खुलेकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्यहरू तारा लामा तामाङ र कुरवीर चौधरी, समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्व मेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता एमालेमा फर्केका हुन् । 

उनीहरू सबैलाई अध्यक्ष केपी शर्मा ओलीले गम्छा ओढाएर स्वागत गरेका छन् । 

एमाले प्रवेश गरेका कुलवीर चौधरी भौतिक पूर्वाधार विकास र।राज्यमन्त्री समेत हुन् । उनलाई आजै बर्खास्त गरिएको प्रदेश सरकारले जनाएको छ । बर्खास्तको आधिकारिक पत्र भने सार्वजनिक गरिएको छैन । तर पार्टीको सिफारिसमा उनलाई  बर्खास्त गरिएको सरकारकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रणबहादुर रावलले बताए ।