जनताले सुदूरपश्चिमको राजधानी डोटीमै चाहेका थिए, पछुतो लागेको छः जोशी
2022/09/03, 1:38
 
ss

धनगढी- नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले प्रदेश राजधानी गोदावरी बनाइएकोमा पछुतो लागेको बताएकी छन्। शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

‘राजधानी र प्रदेश नामाकरणका बेला ख्याल नपुगाएको जस्तो लागेको छ’, उनले भनिन्, ‘राजधानी तोक्ने विषयमा दलको निर्देशन जारी गरियो। जनताले डोटी, दिपायलमै राजधानी चाहेका थिए। जनमतविपरीत दलको निर्देशन मानेर गोदावरीमा राजधानी बनाउन हस्ताक्षर गरेकोमा पछुतो लागेको छ।’ 

तत्कालिन समयमा उनी प्रदेशसभामा बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सांसद थिइन्। त्यसपछि नेकपा विघटन हुँदा उनले एमालेबाट फुटेको माधव कुमार नेपालको समाजवादी पार्टीमा सनाखत गरेकी थिइन्। उनी सुदूरपश्चिम सरकारीकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्।