कैलाली र डडेल्धुरासहित यी ५ जिल्लाबाट सिफारिश आरजु, कहाँ रोज्लीन
2022/09/04, 12:17
 
कैलाली र डडेल्धुरासहित यी ५ जिल्लाबाट सिफारिश आरजु, कहाँ रोज्लीन

धनगढी - नेपाली काग्रेंसकी नेतृ तथा प्रधानमन्त्री शेर बहादूर देउवा पत्नी आरजु राणा देउवा ५ जिल्लाबाट सिफारिश भएकि छिन् । आगामी मंसिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी पार्टीले उमेदवार सिफारिश गर्दै गर्दा उनलाई ५ जिल्लाबाट सिफारिश गरिएको छ ।

उनि कैलाली क्षेत्र नम्बर ५, बाँके क्षेत्र नम्बर ३, बर्दिया क्षेत्र नम्बर २, बागलुङ र डडेल्धुराबाट समानुपातिकमा सिफारिश भएकि छिन् । नेपाली काग्रेंस डडेल्धुराले आरजुलाई समानुपातिकमा सिफारिश गरेको हो भने, कैलालीमा फेरी प्रत्यक्ष तर्फनै उमेदवार बनाउने गरी सिफारिश गरेको थियो ।

२०७० सालको निर्वाचनमा डडेल्धुराबाट समानुपातिक सांसद बनेकी आरजु २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा कैलाली ५ बाट चुनाव लडेकी थिइन् । उनलाई तत्कालिन बाम गठबन्धनका उमेदवार एमाले नेता नारदमुनी रानाले परानित गरेका थिए ।

रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत ल्याएकी थिइन्। यस पटक धेरै ठाउँबाट सिफारिश भएपनि आरजु कैलालीबाटै चुनाव लड्ने सम्भावना निकै बढी छ । एक पटक पराजित भइसकेकि आरजुले कैलाली ५ का लागी हारेरपनि धेरै काम गरेकाले उनी यसै क्षेत्रबाट निर्वाचन लड्ने काग्रेंस नेताहरु बताउँछन् ।