जनताले बिश्लेसण गर्न सके गठबन्धन समाप्त हुनुपर्ने हो : पोखरेल
2022/09/04, 12:25
 
जनताले बिश्लेसण गर्न सके गठबन्धन समाप्त हुनुपर्ने हो : पोखरेल

धनगढी –नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा जनताले शही बिश्लेशण गर्ने क्षमता राखे गठबन्धन पुर्ण रुपमा समाप्त हुनुपर्ने बताएका छन् । सुदूरपश्चिमका बिभिन्न जिल्लाका कार्यक्रम सकेर काठमाण्डौँ फर्किनुअघी प्रेस चौतारी नेपाल कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले गठबन्धनका गलत कामको जनताले शही बिश्लेशण गरे गठबन्धन समाप्त हुनुपर्ने बताएका हुन् ।
गठबन्धन अयोग्य भएका कारण उसलाई बिदा गर्नुपर्ने उनको भनाई थियो । यसैगरी यो सरकार अँझ एक बर्ष रहे नेपालको अवस्थापनि श्रृलकांको जस्तै नहोला भन्न सकिन्न पोखरेलले भने “श्रृलकांको समस्या भनेको बिदेशी मुद्राको अभाव हो त्यो दिशातर्फ गठबन्धनले मुलुकलाई लैजादै छ, मुलुकको मुल्य बृद्धी दर एमालेको सरकार हुँदा ३ दशमलव ६ थियो भने अहिले बढेर ८ दशमलव ५ प्रतिशत पुगेको छ, दोब्बर भन्दा बढी मुल्य बृद्धी भएको छ ।”
सरकारको असफल अर्थनिति भएका कारण नेपाली मुद्रा कमजोर बन्दै गइरहेको छ उनले भने “जनताले मेहेनत गरेर कमाएको पैँसा उसले खर्च नगरीकनै खर्च हुन थालेको छ, जनताले आफ्नो ढुकुटीमा राखेको पैँसा खर्च नगरी खर्च हुने अवस्था आएको छ, सरकार असफल भयो भने, अर्थतन्त्र कमजोर भयो भने जनताले मेहेनत गरेको कमाइपनि घट्दो रहेछ त्यस कारण यो पाँच दलिय सरकार पुर्ण रुपमा असफल भएको छ ।”
बिकास र निर्माणका हिसाबले निकै पछाडी परेको उनले बताए । सरकारले पैँसा खर्च गर्ने क्षमता गुमाएको छ, पुजिंगत खर्च गर्नै सकेको छैन अनी यो सरकार कसरी जनताको सरकार हो उनले भने “बजेट निर्माण गर्ने बेलामै थाहा भयो बिचौलियाबाट बजेट बनेपछि कसको सरकार रहेछ भनेर त, यो सरकारबाट देशलाई नोक्सान हुने काम बाहेक कुनै काम भएका छैनन त्यसैले अब यो गठबन्धनलाई बिदा गर्नुको बिकल्प छैन ।”

स्थानिय तहको निर्वाचनमा एमालेको शक्ती के हो भनेर आँकलन नभएको र अहिले भइसकेको पोखरेलले बताए । एमाले कमजोर भएको भन्ने प्रचार भएको थियो, पाँच दलिय गठबन्धन संग एमाले भिड्न सक्दैन की भन्ने थियो तर त्यो बुझाई हामीले चिरेका छौँ पोखरेलले भने “देशका २ सय बढी स्थानिय तह हामीले जितेका छौँ, सबैभन्दा बढी मत हामीले ल्याएका छौँ २०७४ सालको भन्दा बढी मत स्थानिय तहमा ल्याएका छौँ त्यस कारण पार्टी बलियो भएको शन्देस गएको छ र नेकपा एमाले प्रति आकर्षण बढ्दो छ ।”
हामी जहाँ जान्छौँ त्यहाँ पार्टी प्रवेशको लहर छ, कञ्चनपुरमा मात्रै केही दिनअघी धेरै नेताहरुलाई फर्कायौँ उनले भने “कैलालीमापनि फर्काउनका लागी छलफल चलिरहेको छ, हामी कमजोर होइनौँ बलियो पार्टी बनेर देखाउने छौँ ।”