लोकसेवाको परीक्षामा नाम र फोन नम्बर लेखेका सुदूरपश्चिमका सात सहित २१ परीक्षार्थीलाई कारबाही
2022/09/04, 12:49
 
dd

धनगढी-  प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत जेठ २१ गते लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने सुदूरपश्चिमका सात सहित २१ जना परिक्षार्थी कारबाहीमा परेका छन् । 

आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६/०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौँ तह र सवइन्जिनियर पदका लागि २०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका-१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन् भने अन्य २० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेको आयोगले जनाएको छ ।

आयोगका अनुसार शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही र अन्य २० जनालाई १ वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ । प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ 'ख' बमोजिम उनीहरूलाई कारबाही गर्ने निणर्य गरेको हो ।