प्रतिनिधि सभा सदस्य नारदमुनि रानालाई विप्लवद्धारा जनकारवाहीको चेतावनी
2020/06/25, 7:20
 
biplov

प्रतिनिधि सभा सदस्य नारमुनि रानालाई जनकारवाहीको चेतावनी दिईएको छ । कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रानालाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले जनकारबाही गर्ने चेतावनी दिएको छ ।

विप्लवका कार्यकर्ताले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र मार्फत चेतावनी दिएका हुन् । उनीहरुले मिलिनियम च्यालेन्ज कर्पाेरेसन(एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र टाँसेका हुन ।

पत्रमा लेखिएको छ ‘राष्ट्रियता सम्बन्धी जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ । यदि नेपाली जनताको राष्ट्रभक्तीको भावना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनु हुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहान्छौ ।’