एमसीसी विरुद्ध विप्लवको एक्सनः पुर्व प्रधानमन्त्री, मन्त्रीदेखि सांसदलाई जनकारवाहीको चेतावनी
2020/06/25, 8:59
 
rajniti

मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले नेताहरुलाई खवरदारी गरेको छ । सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई एससीसीको पक्षमा मतदान नगर्न चेतावनी दिईएको छ । विप्लवका कार्यकर्ताहरुले पुर्व प्रधानमन्त्रीदेखि मन्त्री र सासदहरुलाई विप्लवले चेतावनी सहित सचेत पारेको हो । 

1

पुर्व प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति शेरवहादुर देउवालाई पनि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले  जनकारबाही गर्ने चेतावनी दिएको छ । कैलालीमा रहेको धनगढी स्थित घरमा पत्र टाँस गर्दै  विप्लवका कार्यकर्ताले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र टाँसेका हुन् । उनीहरुले मिलिनियम च्यालेन्ज कर्पाेरेसन(एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र टाँसेका हुन । घरमा परिवार सदस्यसँग सम्पर्क हुन नसक्दा पत्र गेटमै टाँसिएको नेकपा स्रोतले जनाएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले  जनकारबाही गर्ने चेतावनी दिएको छ । कैलालीमा रहेको मन्त्री भट्टको घर पुगेर  विप्लवका कार्यकर्ताले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र दिएका हुन । प्रतिनिधि सभा सदस्य नारदमुनि राना लगायतका यस प्रदेशबाट प्रतिनिधित्व गर्ने सासदहरुलाई पनि उनीहरुको नाममा पत्र लेख्दै जन कारवाहीको चेतावनी दिईएको हो । 

‘राष्ट्रियता सम्बन्धि जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ । यदि नेपाली जनताको राष्ट्रभक्तीको भावना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनु हुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहान्छौ’ पुर्व प्रधानमन्त्रीदेखि मन्त्री तथा सासदहरुलाई लेखएिको पत्रमा भनिएको छ ।