
धनगढी- नेकपा (एकीकृत समाजवादी) की सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक दुर्गा विक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।

उनी सहितको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीमा प्रवेश गराएका हुन् । विकसहित थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं नेकपा(एस) काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी पनि माओवादी प्रवेश गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका नेताहरू विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत पनि माओवादीमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले टीका खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 6:02
2020/09/16, 6:00
2021/07/02, 3:44
2022/03/07, 3:42
2023/04/02, 5:55