
धनगढी,- जिल्ला ट्राफिक कार्यालय धनगढीले चाडपर्व नजिएसँगै बसपार्कमा यात्रुसहायता कक्ष स्थापना गरेको छ ।

बडा दशै,शुभ दिपावली तथा छठ पर्व नजिकिदै गर्दा विभिन्न ठाउँबाट मानिसहरु आवत जावत गर्नेको सख्या बसपार्कमा धेरै रहेको हुन्छ । जस कारण बसपार्क भित्र भिडभाड हुनेसँगै यात्रुहरुका सामान चोरि हुने, हराउने, लुटिने समस्याहरु भोगिरहेका हुनाले सो कक्षको स्थापना गरेको जिल्ला ट्राफिक कार्यालय धनगढीका ट्राफिक प्रमुख वकिल सिंले बताए ।
यात्रुहरुलाई कुनै समस्या नहोस र आवत–जावतमा कुनै पनि दुःख झेल्नु नपरोस भनि यात्रु सहायता कक्ष राखेको धनगढी यातायात कार्यालयका प्रमुख नरेन्द्र शाहले बताए । त्यसतै चोरीडकैतीको बढी सम्भावना रहेको हर्दा यात्रु सहायता कक्षको धेरै आवश्यकता रहेको शाहले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/07/15, 4:39