
धनगढी- कैलालीमा चरी बाघको बच्चा फेला परेको छ । गौरीगङ्गा नगरपालिका –७ स्थित चौधरी खोलामा शनिबार चरी बाघको बच्चा फेला परेको हो । फेला परेको सो चरी बाघको बच्चालाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरी धनगढी पुर्याएको छ ।

उद्धार गरेर ल्याइएको चरी बाघको बच्चालाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको डिभिजन वन कार्यालय धनगढीमा कार्यरत रेन्जर रामऔतार चौधरीले बताए । भेटिएको चरी बाघ अल्पवयस्क अवस्थाको रहेको विज्ञ प्रा. करनबहादुर शाहले बताए ।
नेपालमा चरी बाघ सामान्य मानिए पनि संरक्षणको प्राथमिकतामा परेको प्रजाति रहेको उहाँको भनाइ छ । कैलालीको घोडाघोडी सिमसार क्षेत्र, बसन्ता कोरिडोर क्षेत्रमा चरी बाघ पाइने गरेका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28