
धनगढी- धनगढीमा आईतबार देखि नमुना आयल स्टोर संचालनमा आएको छ । धनगढी उपमहानगरपालिका १५ कनरी हुलाकी राजमार्गमा सुदुरपश्चिम प्रदेशमा पहिलोपटक नमुना पेट्रोल पम्प संचालनमा आएको हो ।

युवा ब्यबसायी जय ठाकुरले ज्योति आयल स्टोर संचालनमा ल्याएका हुन । आयल स्टोरको संचालक ठाकुरका बुबा जटेश्वर ठाकुर र परिवारका सदस्यले उदघाटन गरेका छन । करिब ४ करोडको लगानीमा पेट्रोल पम्प संचालनमा आएको संचालक जय ठाकुरले बताए ।
उनले करिब एक बिगाहा क्षेत्रफलमा पम्प संचालनमा ल्याएको बताए । पम्पमा डिजेल तथा पेट्रोलका साथै छिट्टै गाडी धुने, हावा भर्ने, इलेक्ट्रोनिक गाडी चार्ज गर्ने सुबिधाका साथै रेस्टुरेन्ट लगायतका सुबिधा संचालनमा आउने बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28