कैलालीमा जब युवकले धारिलो हतियारले आफ्नै घाँटी रेटे…
2022/10/05, 11:42
 
ss

लम्कीचुहा नगरपालिका ८ को गुलरा बस्ने ३१ वर्षीय ज्ञानु चौधरीले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

मंगलबार राति करीब सवा ८ बजेको समयमा घाँटी रेटेपछि घाइते भएका उनलाई स्थानीय लालरत्न अस्पताल लम्कीमा समान्य उपचारपछि टीकापुर अस्पताल लगिएको थियो ।

अहिले उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।