
धनगढी- कैलाली र कञ्चनपुरका केही स्थानमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा दुवै जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षाका कारणले दिउँसो १२ बजेसम्म साना तथा ठूला नदी र खोलाहरुमा बाढीको सम्भावना भएको सर्तकता अपनाउन आग्रह समेत गरिएको छ ।
खासगरी खुटिया, कान्द्रा, मोहना नदी, सुहेली, चौधर लगायतका साना खोलाहरुमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान पर्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/21, 9:55
2023/09/17, 7:20