सुदूरपश्चिममा गठबन्धनको भागबन्डा कुन क्षेत्र कसको ? यस्तो छ लिष्ट
2022/10/08, 12:08
 
aa

धनगढी - सत्ता गठबन्धनले समाजवादी पार्टी नेपाल जसपाको भागमा परेका १३ निर्वाचन क्षेत्रलाई खाली राखेर बाँकीमा सहमति गरेको छ।सोही अनुसार आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि शभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा पनि प्रतिनिधि शभाको उम्मेदवारका लागि गठबन्धनको भागबन्डा टुङ्गिएको हो ।बालुवाटारमा बसेको शुक्रवारको बैठकले भागबन्डा टुङ्ग्याएको हो ।

जस अनुसार बाजुरामा नेपाली काँग्रेस,अछाम १ मा नेकपा एकीकृत समाजवादी, अछाम २ मा नेपाली काँग्रेसले पाउने भएको छ । यस्तै बझाङ नेकपा एकीकृत समाजवादीले पाउँदा डोटीमा पनि नेकपा एकीकृत समाजवादीले नै पाउने भएको छ ।

यता कैलालीको क्षेत्र नम्बर १,४ र ५ मा नेपाली काँग्रेस , २ र ३ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पाउने भएको छ । दार्चुलामा नेपाली काँग्रेस, बैतडीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पाउँदा डडेल्धुरामा नेपाली काँग्रेसले पाउने भएको छ । यस्तै कञ्चनपुरको क्षेत्र नम्बर १ मा पनि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पाउने छ भने क्षेत्र नम्बर २ र ३ मा नेपाली काँग्रेसले पाउने भएको छ ।

कुन क्षेत्र कसको यस्तो छ लिष्ट