
गत बिहिवारदेखि लगातार परेको झरीले डडेलधुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर भएको छ ।

दशैंको टिकाको दिनदेखि बदली भएको मौसमले अविरल झरी सहित भारी वर्षा हुन थालेपछि पाँच दिनसम्म मनाउने दशैंको टिकाका साथै खेतीपातीमा पनि असर परेको छ ।
धान काटने र चुटने बेलामा तीन दिनदेखि परिरहेको वर्षाले कृषकलाई चिन्तित बनाएको हो भने गाईबस्तुको स्याहार र आम सर्बसाधारणलाई पनि आवतजावतमा समस्या भएको छ ।

झरीले चिसो बढाउनुका साथै चुनावी गतिविधि पनि प्रभावित भएको छ । गत वर्ष पनि दशैं लगत्तै परेको बेमौसमी वर्षाले सुदूरपश्चिम प्रदेशमा क्षति पुर्याएको कृषि वालीको सरकारले अहिलेसम्म पनि राहत नदिएको पहिरो तथा बाढी पीडितहरु बताउँछन् ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28