वर्षाले सुदूर पहाडका ग्रामिण सडक अबरुद्ध, दसै मनाउन गएकाहरु कर्मथलो फर्कन पाएनन्
2022/10/08, 12:18
 
ss

धनगढी - अबिरल वर्षाका कारण बैतडीका ग्रामिण सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । बुधबार  रातीदेखि लगातार भइरहेको वर्षाका कारण यहाँका ग्रामीण सडक हिलाम्य भएका छन् । 
बिज्ञापन

सडक हिलाम्य हुदा गाडी  सञ्चालन गर्न  निकै समस्या भएको जिप चालक अनिल भट्टले  बताए । लगातार परिरहेको वर्षाका कारण बैतडी लगायत सुदूर पहाडका कतिपय ग्रामीण सडकहरु अवरुद्ध भएका छन्। सडक अबरुद्ध हुँदा सुदूर पहाडका ग्रामीण सडकमा सवारी साधन सञ्चालन हुन सकेका छैनन्। 

प्रदेशका मुख्य राजमार्गहरु सञ्चालन भएपनि ग्रामीण कच्ची सडक हिलाम्य हुँदा गाडी  सञ्चालन गर्न  समस्या भएको हो ।  वर्षाले बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलाका ग्रामीण सडकहरु अवरुद्ध छन्।

सडक अवरुद्ध भएका कारण आवागमन रोकिएको छ । विशेष गरी दशैँको टीका लगाउनका लागि घर गएकाहरु कार्यक्षेत्रतिर  फर्किन सकिरहेका छैनन् । वर्षातका कारण कर्मभुमी  फर्किन नपाएको  स्थानीय  हरिश भट्टले  बताए । दशैँकै दिनदेखि पानी पर्न थालेपछि टीका जमराका लागि गाउँ गएकाहरु उतै रोकिएका हुन ।