सुदूरपश्चिममा यी हुन् कांग्रेसका ९ उम्मेदवार
2022/10/09, 10:25
 
dd

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारको टुंगो लगाएको छ । केन्द्रीय संसदीय समितिले प्रतिनिधिसभातर्फ यहाँका १६ मध्ये गठबन्धन गर्दा कांग्रेसको भागमा परेका नौ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । प्रदेशसभा सदस्यको भने टुंगो लागेको छैन ।

बैठकमा सहभागी एक नेताका अनुसार सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार उम्मेदवार बन्ने भएका छन् । देउवा ०४८ सालदेखि निरन्तर डडेलधुराबाटै चुनाव लड्दै र जित्दै आएका छन् ।  त्यस्तै, सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट उम्मेदवार बन्ने भएका छन् । हाल उद्योगमन्त्री रहेका दीलेन्द्रप्रसाद बडुलाई कांग्रेसले दार्चुलाबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, अछाम–२ मा पुष्पबहादुर शाह, कञ्चनपुर–२ मा एनपी सावद, कञ्चनपुर–३ मा रमेश लेखक, कैलाली–१ मा रामजनम चौधरी, कैलाली–४ मा वीरबहादुर बलायर र कैलाली–५ मा डिल्लीराज पन्तलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रदेशसभातर्फका उम्मेदवारको भने टुंगो लागिसकेको छैन ।गठबन्धनमा सुदूरपश्चिम प्रदेशका १६ मध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति गरेका थिए ।