कैलालीमा रेशम चौधरीको पार्टीले टुंग्यायो उम्मेदवार
2022/10/09, 10:33
 
ss

धनगढी- कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारको करीब टुंगो लगाएको छ । प्रतिनिधिसभातर्फका ५ र प्रदेशसभातर्फका १० सिटको उम्मेदवारको नाम टुंगो लगाइएको पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

उनका अनुसार कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ उम्मेदवार चयन भएकी छन् । प्रदेशसभा क मा कैलाली जिल्ला कमिटी अध्यक्षसमेत रहेका कैलाश चौधरी ख मा पार्टीको संगठन विभाग प्रमुख रहेका लक्ष्मण किशोर थारु उम्मेदवार बन्नेछन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ अरुणकुमार चौधरी, प्रदेशसभा ९bक० मा पार्टी महासचिव रतनकुमार थापा र ९ख० मा रामेश्वर चौधरी उम्मेदवार बन्नेछन् । एमाले कैलालीका निवर्तमान अध्यक्षसमेत रहेका थापा पार्टीले कारवाही गर्दै जिम्मेवारीबाट हटाएपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य समेत रहेका गंगा चौधरी, प्रदेशसभा ९क० मा नश्याम चौधरी र ९ख० मा खुसीराम चौधरी ९भिमसेन०, क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा कैन्या चौधरी, प्रदेशसभा ९क० मा राजेन्द्र देवकोटा र प्रदेशसभा ९ख० मा कमल भट्टलाई उम्मेदवार बनाइने प्रवक्ता पण्डितले जानकारी दिए ।

क्षेत्र नम्बर ५ मा टीकापुर घटनामा दोषी ठहर भएका लक्ष्मण थारुलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ भने प्रदेशसभातर्फ नामको टुंगो लागेको भएपनि केही छलफल गर्नुपर्ने भन्दै सार्वजनिक गरिएको छैन ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीका अतिरिक्त कञ्चनपुरमा तीन वटै निर्वाचन क्षेत्रमा समेत उम्मेदवारी दिने तयारी गरेको जनाएको छ तर ती क्षेत्रमा उम्मेदवारको टुंगो लागिसकेको छैन ।

शुक्रबारसम्म देशभरका ४१ जिल्लामा उम्मेदवार उठाउने तयारी रहेको बताउँदै प्रवक्ता पण्डितले मनोनयन दर्ताको समयसम्म त्यो संख्या बढेर ५० जति पुग्ने जानकारी दिएका छन् । टीकापुर घटनामा अदालतले जन्म कैदको फैसला सुनाइएका निलम्बित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।