सुदूरपश्चिमको पहाडी सडकका चार स्थानमा पहिरो, सडक अबरुद्ध
2022/10/09, 10:36
 
ss

चार दिन देखीको लगातार वर्षाका कारण सुदूरपश्चिमका मुख्य सडकका चार स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । विभिन्न सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन् ।

डडेल्धुरामा भीमदत्त राजमार्ग, केआईसिँह राजमार्ग, बझाङको विथड सडक र दार्चुलाको शैलेसिखरको सडक खण्डमा पहिरो खसेको छ । अहिले ति स्थानमा पहिरो पन्छ्याउने काम भैरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पालले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि सयौ सवारी साधनहरु सडकमै अलपत्र परेका छन् । दशै मान्न घर गएकाहरुलाई अहिले धनगढी फर्ककन समस्या भएको छ । भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवा खोलमा पहिरो खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायव उपरिक्षक पालले जानकारी दिए । पहिरोका कारण यातायात सेवा बन्द भएको छ । अहिले जेसिबी लगाएर बाटो खुलाउने प्रयास भैरहेको प्रवक्ता पालले बताए ।

त्यस्तै,बझाङको विथड र दार्चुलाको शैलेसिखरमा पहिरो खस्दा यातायात सेवा बन्द भएको छ । लगातारको वर्षाले सुदूरपश्चिमका ग्रामीण सडकहरु पनी अवरुद्ध भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पालले बताए । सबै क्षेत्रमा बाटो खुलाउने कार्य भैरहेको उनले बताए ।