प्रेमबहादुर आलेले टिकट पाएपछि डोटीमा कांग्रेस असन्तुष्ट
2022/10/09, 10:40
 
ss

प्रतिनिधि सभा सदस्यका लागि डोटीमा प्रेमबहादुर आलले टिकट पाएपछि काँग्रेस असन्तुष्ट भएको छ।

प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोटी एकीकृत समाजवादीको भागमा परेको हो। एकीकृत समाजवादीले पूर्व मन्त्री प्रेम आलेलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। आलेले टिकट पाएपछि नेपाली कांग्रेस, डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने चर्चा छ। कांग्रेस, डोटीले तालमेल नगर्न दबाव दिदै आएको थियो।

तर सत्ता गठबन्धनको भागवण्डामा डोटीको प्रदेश सभातर्फको १ मात्र नेपाली काँग्रेसले पाएको छ। प्रदेश सभातर्फको २ मा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका मुख्य स्वकीय सचिव शिवसिँह ओली निर्वाचन लड्दैछन्। नेपाली काँंग्रेसको भागमा परेको प्रदेशसभा १ मा जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले प्रतिनिधिसभा सदस्यमा महाधिवेशन प्रतिनिधि पदमराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेको छ। प्रदेशसभातर्फ ९ख० मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।

डोटीबाट निर्वाचन लड्दै आएका काँग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन्। यस अघिदेखि काङ्ग्रेस कार्यकर्ताले डोटीमा गठबन्धन नगर्ने बताउदै आएका थिए।  जिल्लाको कार्यसमितिले गठबन्धन नगर्ने निर्णय समेत गरेको थियो।